भोलि २०७७ बैसाख १२ गते शुक्रवार दिनको १:०० बजे मनमोहन स्मृति  पोलिटेक्निकले बुढीगंगा गाउँपालिका र दुहबी नगरपालिकालाई राहत वितरण गर्न सहयोग स्वरूप चामल हस्तान्तरण गर्ने कार्यक्रम रहेको हुँदा इच्छुक शिक्षक, कर्मचारीहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ । साथै  मनमोहन स्मृति पोलिटेक्निकले प्रदेश सरकार, प्रदेश नं. १ को राहत कोषमा रकम सहयोग गर्ने मिति र समय पछि जानकारी गराईने व्यहोरा समेत अनुरोध गर्दछौं ।

सामाजिक दुरी कायम गरौं, कोरोना भाईरसबाट बचौं र बचाऔं ।