2077 05 26 ctevt notice

Click here to view the detail notice from CTEVT ( सिटिइभिटीको पूर्ण सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस) 

2077 05 26 admission open website

 

शैक्षिक सत्र २०७७/७८ का लागि यस पोलिटेक्निकमा पूर्णशूल्कीय कोटाहरु निम्न प्रकार रहेका छन् ।

quota2077

फारम भरेर इमेलबाट पनि पठाउन सकिनेछ अथवा यसै वेवसाइटमा (यो लिङ्कमा क्लिक गर्नुहोस) भएको अनलाइन फारम मार्फत पनि पठाउन सकिनेछ

इमेल मार्फत फारम पठाएकाे खण्डमा विद्यार्थी भर्ना विभागको इमेल This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा पठाउनु पर्नेछ । विद्यार्थी भर्ना विभागको इमेल This email address is being protected from spambots. You need JavaScript enabled to view it. बाहेक यस पोलिटेक्निकको अन्य इमेलमा प्राप्त भएको फारम दर्ता नहुने समेत जानकारी गराइन्छ । इमेल अथवा अनलाइन मार्फत यहाँहरुले पठाएको सम्पूर्ण कागजात सहितकाे फारम प्राप्त भए पश्चात सो फारम रुजु गरी सबै कागजात ठीक भएमा हामी साे फारम दर्ता गरी यहाँको इमेलमा दर्ता नम्वर पठाउने छाै । 

कागजात इमेल गर्दा अथवा अनलाइन फारम मार्फत पठाउँदा ध्यान दिनु पर्ने कुराहरु:

* फारम भर्दा केरमेट नगरी, प्रष्ट अक्षरमा लेखी,  रँगिन फोटो (पासपोर्ट साइज 35x45mm को, दुवै कान देखिने, प्रष्ट अनुहार देखिने, पछाडीको भित्ता सादा भएको) टाँसी, हस्ताक्षार गरी स्क्यान गरेर पठाउने । स्क्यान गर्दा 300dpi रिजाेलुसनमा प्रष्ट आउने गरी स्क्यान गर्नु पर्नेछ । केरमेट भएको, अक्षरहरु प्रष्ट नभएको, स्क्यान प्रष्ट नभएको फारम रद्द हुनेछ ।

* आफूले आवेदन भर्न चाहेको कोटाको फारम मात्र भरेर बुझाउनु पर्नेछ ।

* आवेदन फारम शुल्क तल दिइएको खाता नम्बरमा जम्मा गर्नु पर्नेछ । बैंक खातामा अनलाइन मार्फत eSewa, Khalti, ConnectIPS बाटसमेत रकम जम्मा गर्न सकिनेछ ।
भौचरमा सम्बन्धित बिद्यार्थीको नाम, भर्ना हुन चाहेको कार्यक्रमको नाम र बिद्यार्थीको फोन नम्वर अनिवार्य लेख्नु पर्नेछ ।
          Everest Bank Limited, Duhabi Branch
          Account Name: Manmohan Memorial Polytechnic income
          Account Number: 00900105200315

* SEE परीक्षामा गणीत र विज्ञान विषयमा न्यूनत्तम C ग्रेड र अंग्रेजी विषयमा न्यूनत्तम D+ ग्रेडमा उतिर्ण गरेको लब्धाङ्क पत्रको प्रष्ट बुझिने 300dpi रिजाेलुसनमा स्क्यान गरेको कागजात फारमसँगै इमेलमा पठाउनु पर्नेछ । इन्टरनेटबाट डाउनलोड गरेको लब्धाङ्क पत्र भएमा सम्बन्धित विद्यालयको हेडमाष्टरले प्रमाणित गरेको हुनु पर्नेछ ।

* सम्बन्धित विद्यालयको चारित्रिक प्रमाणपत्र र स्थानान्तरण–पत्रको प्रष्ट बुझिने 300dpi रिजाेलुसनमा स्क्यान गरेको कागजात फारमसँगै इमेलमा पठाउनु पर्नेछ ।

* नेपाली नागरिकता प्रमाणपत्र वा नावालक प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रष्ट बुझिने 300dpi रिजाेलुसनमा स्क्यान गरेको कागजात फारमसँगै इमेलमा पठाउनु पर्नेछ ।

* फारममा टाँस गरेको फोटो (पासपोर्ट साइज 35x45mm को, दुवै कान देखिने, प्रष्ट अनुहार देखिने, पछाडीको भित्ता सादा भएको) मात्रको प्रष्ट बुझिने 300dpi रिजाेलुसनमा स्क्यान गरेको फोटो फारमसँगै इमेलमा पठाउनु पर्नेछ ।

* प्रवेश परीक्षाको फारामसाथ पेश गरेको प्रमाणपत्रहरुमा परीक्षार्थीे स्वयम्ले प्रमाणीत गरेको हुनुपर्नेछ ।

* स्क्यान गरेको कागजातहरुको नामाकरण निम्नानुसार भएको हुनुपर्नेछ ।

SN  Document To be renamed with

For Example
(student name - ram sharma,
faculty - civil, open quota)

 1 Application form       faculty-name_quota-name_student-name_application-form      civil_open_ramsharma_application-form   
 2 Nagarikta/Janma Darta     faculty-name_quota-name_student-name_nagarikta      civil_open_ramsharma_nagarikta
 3 SEE/SLC  faculty-name_quota-name_student-name_see  civil_open_ramsharma_see
 4 Character Certificate  faculty-name_quota-name_student-name_character      civil_open_ramsharma_character
5 Transfer Certificate  faculty-name_quota-name_student-name_transfer      civil_open_ramsharma_transfer
6 Photo  faculty-name_quota-name_student-name_photo civil_open_ramsharma_photo
7 Amount Deposit Slip  faculty-name_quota-name_student-name_deposit civil_open_ramsharma_deposit

 

* उपरोक्त बमोजीमको कागजात पेश नगर्ने परीक्षार्थीको फारम रद्द हुनेछ ।

 

फारमहरु डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ........