आज मिति २०७९ माघ १५ गते यस पोलिटेक्निकका प्राचार्य ई. सुदिप अधिकारीद्वारा ईन्फर्मेसन टेक्नोलोजी विभागको विभागीय संयोजकका रूपमा ई. युवराज चौधरी र ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स विभागको विभागीय संयोजकका रूपमा ई. गोपाल सापकोटालाई जिम्मेवारी प्रदान गर्नु भयो । कार्यक्रममा प्राचार्यज्यूले दुवै विभागीय संयोजकलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।